राजनीति

मतदातालाई पार्टीको नीति तथा कार्यक्रम अघि बढाउने जिम्मेवारी स्थानीय सङ्गठनलाई

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय सङ्गठनलाई जिम्मेवारी दिएको छ ।

निर्वाचनमा नगर, वडा, गाउँलगायत विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले आफ्ना पक्षका उम्मेदवारलाई विजय गराउन मतदातालाई आवश्यक सूचना शिक्षा तथा घोषणापत्रसम्बन्धी सन्देशलाई उपलब्ध गराउन सङ्गठनले भूमिका निर्वाह गर्ने प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो । मतपत्र लामो हुने हुँदा मतदाताबाट हुन सक्ने सम्भाावित त्रुटि न्यूनीकरण गर्न प्रयास गरिएको छ ।

सत्ता साझेदार दलबीच गठबन्धन बनाएर चुनावमा जाने हालै भएको समझदारी पछि साझा उम्मेदवार तय गर्ने जिम्मेवारी पनि पार्टीको स्थानीय तहलाई दिइने छ ।

स्थानीय तहमा लोकप्रिय भई पार्टी सङ्गठनको हितमा कार्य गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाउने, गठबन्धनको भावनालाई आत्मसात् गर्दै साझा व्यक्तिका रुपमा कार्यसम्पादन गर्न सक्षम व्यक्तित्वको कार्यशैलीलाई हेरेर उम्मेदवार बनाउने विषयमा सम्बनिधत दलसंग परामर्श भइरहेको छ ।

सङ्गठनद्वारा स्थानीय विकास निर्माणका साथै समस्या समाधानमा क्रियाशील व्यक्तिलाई जनताले स्थानीय तहका जनप्रतिनिधि छनोट गर्ने विश्वास गरिएको छ ।

यसैगरी निर्वाचनको प्रचारका लागि भिडियो, टिकटक, पर्चा पम्प्लेट, समाजिक सञ्जाल लगायतबाट प्रसारण गरी सन्देश सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.