क्रिकेटखेल

आइपिएलमा पञ्जाबको दोस्रो जित, गुजरात तीन विकेटले पराजित

भारतमा जारी इन्डियर प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले दोस्रो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै पञ्जाबले दोस्रो जित हासिल गरेको हो ।

आइपिएल

प्रतियोगितामा गुजरातको भने यो दोस्रो हार हो । भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित अविजित रहँदै ८९ रनको अर्धशतकीय पारी खेले भने साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३ रन बनाए ।

त्यस्तै राहुल टेवाटियाले २३ रन जोड्दा ऋद्धिमान शाह ११ रन बनाए । पञ्जाबको लागि कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले समान १–१ विकेट लिए । दुई सय रन पछ्याएको पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पञ्जाबको लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी भने भने आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाउदा प्रभसिम्रन सिंहले ३५, जोनी बेयरस्टोले २२ र सिकन्दर राजाले १५ रन जोडे ।

गुजरातका लागि नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले समान १–१ विकेट लिएका थिए । जितसँगै चार खेलमा चार अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ भने समान खेलमा चार अंक नै जोडेको गुजरात छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स नेपाली समय अनुसार ७:४५ बजे हैदराबादमा भिड्दै छन् ।

आइपीएलको यो सिजनमा ४-४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.