राजनीति

कोरोनाबाट मुलुकलाई जोगाउन ऐक्यबद्ध भई कार्य गर्न देउवाको आग्रह

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ सङ्क्रमणको सङ्कटबाट मुलुकलाई जोगाउन ऐक्यबद्ध भई कार्य गर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।

उहाँले आइतबार साँझ पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सो विषयमा टेलिफोनमा संवाद गर्नुभएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

संवादमा सभापति देउवाले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढङ्गले कार्य गर्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.