राजनीति

पार्टीलाई बलियो बनाउन सबै एक हौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

सभापति देउवा

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उहाँले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो, “घात अन्र्तघात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ ।”

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । “नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बोटो खोज्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “आर्थिक वृद्धिसहित समानतामुलक समाज निर्माण गर्ने हाम्रो सङ्कल्प हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.