कास्की-पोखरा समाजले कोरोना संक्रमणको जाँच गर्न बनायो फारम (लिंकसहित)
जापानममा क्रियाशील कास्की र पोखराा क्षेत्रका नेपालीहरुको संगठन कास्की पोखरा समाजले नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखी एक फारम तयार गरेको छ । समाजले हरेक व्यक्तिले फर्ममा उल्लेखित प्रश्नहरुको उत्तर दिएर आफूलाई कोरोना भए नभएको थाहा पाउने छन् ।
जापानमा अहिले कोरोना संक्रमितहरुको संख्या अनपेक्षित रुपमा बढिरहेका बेला त्यहाँ रहेका नेपालीहरुका सुरक्षा चिन्ता बढिरहेका बेला समाजले यस्तो प्रबन्ध गरेको कास्की पोखरा समाजका प्रवक्ताबिष्णु भण्डारीले जानकारी दिनुभएकोे छ ।
समाजले संकटको यो घडीमा उपलब्ध फारमहरु र समस्यााको जानकारी टोकियोस्थित नेपाल राजदूताबास, जापान सरकारको सम्बन्धित बिभाग, गैरआवसीय नेपाली संघलाई जानकारी गराउने बताएको छ । त्यस्तै समाजले जोा कोहीलाई आवश्यक पर्नसक्ने जानकारीहरु मेल मार्फत पठाउने प्रयास गर्ने बताउँदै यी विवरणहरु अन्य कुनै पनि उद्देश्यका लागी प्रयोग नगरिने स्पष्ट पारेको छ ।
फारमको लिंकका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया राख्नुहोस्