जन सरोकार

अस्पतालदेखि नगरपालिका र प्रहरीसम्मलाई प्रोमिस सर्भिसले दियो पिपिई

कोरोना भारस संक्रमणको त्रासले अहिले अति आवश्यक सेवा प्रवाह गर्ने निकायहरु समेत सुरक्षा अभाव देखाउँदै जिम्मेवारीबाट पन्छिने गरेपछि शैक्षिक परामर्शदाताा प्रोमिस सर्भिस बागबजारले विभिन्न निकायलाई पिपिई वितरण गरेको छ ।

प्रोमिसका एमडी रामहरि खड्काका अनुसार त्रिवि शिक्षण अस्पताल, जोरपाटीस्थित शंखरापुर अस्पताल, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका तथा महानगरीय प्रहरी वृत्त साँखुलाई पिपिई वितरण गरिएको हो ।

पछिल्लो समय एम्बुलेन्स चालक, चिकित्सक तथा प्रहरीहरु पनि पिपिईको अभावमा आफ्नो सेवामा पिपिईको अभावमा पछाडि हट्ने गरेको पाइएपछि नगपालिकाहरुमार्फत एम्बुलेन्स चालकलाई उपलब्ध हुने गरी ती पिपिई हस्तान्तरण गरिएको खड्काले बताउनुभयो ।

त्यसै गरी खड्काले बजारमा केही महंगो भए पनि पिपिइृको अभाव नभएको आफूले पाएको बताउँदै पिपिइको अभाव देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेको दावी समेत गर्नुभएको छ । कुनै दुर्घटना भए प्रहरी नजाने, बिरामी बोक्न एम्बुलेन्स चालक नमान्ने र अस्पतालमा चिकित्सकहरु उपचारमा उदासिन रहने गरेको देखेरै आफूले काठमाडौंमा किनेरै पिपिई वितरण गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमणको त्रास देखाएर एम्बुलेन्स चालकहरु बिरामी लिन नजाने गरेका कारण तीन नगरपालिकामार्फ सम्बन्धित क्षेत्रका एम्बुलेन्स चालकलाई ती पिपिई हस्तान्तरण गरिएको खड्काले बताउनुभयो ।



सम्बन्धित खबर

Back to top button