कर्पोरेट/पर्यटन
अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द

नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो ।
तर आन्तरिक उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । यस अघि बैशाख ३ गतेसम्मलाई अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएको थियो ।
यस अवधिमा सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् । त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् ।