जन सरोकार

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी डा भुसाल सगरमाथा चढ्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल महिला डाक्टरहरुका सम्माननार्थ विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ ।

आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लाग्नुभएकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिनुभयो ।

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button