क्रिकेटखेल

आइपिएलमा राजस्थानको लगातार चौथों जित, बैंगलोर ६ विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले चौथों जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै राजस्थानले लगातार चौथों जित हासिल गरेको हो ।

जारी सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरको यो चौंथो हार हो । जयपुरको सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र चार छक्काको मद्दतले अविजित रहँदै११३ रनको शतकीय पारी खेले भने कप्तान फाफ डु प्लेसिसले ४४ रन बनाए ।

यी दुईले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरे । राजस्थानका लागि युजवेन्द्र चहलले दुई तथा नन्द्रे बर्गरले एक विकेट लिए । १ सय ८४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । राजस्थानको लागि जोस बटलरले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहँदै १०० रनको शतकीय पारी खेले भने कप्तान सन्जु स्यामसनले ४२ बलमा आठ चौका र चार छक्काको मद्दतले ६९ रनको अर्धशतकीय इनिङ्ग्स खेल्दा सिम्रन हेटमायरले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि बटलर र स्यामसनले १४८ रनको साझेदारी गरे । बैंगलोरका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले समान १-१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.