प्रदेशलुम्बिनी

लुम्बिनी प्रादेशिक अस्पतालका पाँचजना चिकित्सक बर्खास्त

कोरोना संक्रमणको संकटकालीन समयमा आफ्नो जिम्मेवारी निर्वाह नगर्ने चिकित्सकहरुलाई बर्खास्त गर्न थालिएको छ । यसै क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा बरदान वली र डा ताराप्रसाद शर्मा, ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरोसर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बर्खास्त गरिएका चिकित्कहरुले अस्पताल प्रशासनलाई जानकारी दिएरै हाजिर नभए पनि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभएको बताउनुभयो ।

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले सुत्केरी, काजकिरिया, विरामी बाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई हटाउन निर्देशन दिएको बताउँदै सबै अस्पतालबाट दैनिक हाजिरी मगाएर हेरिरहेको र अनुपस्थित हुनेलाई एकपटक स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.