राजनीति

सभामुख सापकोटाद्वारा नेकपा माओवादीका चार सांसद पदमुक्त भएको घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका चार मन्त्रीलाई कारबाही गरिएको माओवादी संसदीय दलको पत्र अनुसार सांसद पदमुक्त भएको घोषणा गर्नुभएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरी पदमुक्त भएको घोषणा गर्नुभएको हो ।

गत सोमबार माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका ले पार्टी परित्याग गरेको जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबर

Back to top button