जन सरोकार

उपचारका लागि अस्पताल लगिएका कैदी अस्पतालको झ्याल तोडेर फरार

महोत्तरीको जलेश्वर कारागारका एक कैदी शुक्रबार दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जलेश्वर कारागार

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन् ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल तोडेर फरार भएका थिए । धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.