प्रबास

बाल्टिमोर भागवत सप्ताहमा लगभग २० लाख डलर सहयोगको प्रतिबद्धता

विजय थापा । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।

मार्च ३० देखि हिन्दु बुद्ध मन्दिरमा आयोजना गरिएको भागवतमा सो मन्दिरका अध्यक्ष डा श्याम कार्कीले एक्लैले ११ लाख २१ हजार डलर दान गर्ने घोषणा गर्नुभयो ।

वाचन प्रवीण दीनबन्धु पोखरेलले वाचन गर्नुभएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव, श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा उहाँले सुरुमा १ लाख २१ हजार डलरको घोषणा गर्नुभयो भने कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जनाउनुभएको हो ।

डा श्याम कार्कीले महापुराणको लागि १ लाख २१ डलर (यो बर्ष) र आफू ९० वर्ष पुगेपछि त्यस अघि मृत्युवरण भएमा थप १० लाख डलर दिने प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

डा कार्कीले १ लाख डलर पहिले नै दिइसक्नुभएको छ । यस्तै दोश्रो ठूलो रकम दान गर्ने मन्दिरका वरिष्ठ उपाध्यक्ष क्रिस घिमिरे रहनुभएको छ । उहाँले लगभग १ लाख ५० हजार डलर दान दिने घोषणाा गर्दै यसअघिको ५० हजार सहित १ लाख ५० लाख पुर्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

महायज्ञमा थुप्रै नगद तथा चेक प्राप्त भएता पनि हिन्दु बुद्ध मन्दिर आयोजक समितिले हिसावकिताव आफ्नो आधिकारिक पृष्ठमा अध्यावधिक गर्ने बताइएको छ ।

सप्ताहको अन्तिम दिन अप्रिल ६ मा पाँच लाख ५३ हजार ५ सय ४१ डलर सङ्कलन भएको थियो भने पहिलो दिन समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिनुभएको थियो ।

महापुराणका संचार संयोजक श्रीजन ताम्राकारले दिएको सूचना अनुसार पहिलो दिन मार्च ३० का दिन ७० हजार डलर, मार्च ३१ मा १,२८,२२३, अप्रिल १ मा ६०,५७२, अप्रिल २ मा ८५,२८०, अप्रिल ३ मा १,९०,४१८, अप्रिल ४ मा १,३७ ,४६६, अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ । यसरी लगभग २० लाख डलर सङ्कलन हुन् आएको छ ।

त्यसै मेरिल्याण्डका लागि पर्यटनदुत समेत रहेका व्यवसायी राजु पराजुलीले कूल १ लाख ११ हजार १११ डलर पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । यसै गरी मेरिल्याण्डका ज्योती रानाभाट तथा उमा रानाभाटको परिवारले १ लाख डलर दिने प्रतिबद्धता जनाउनुभएको छ ।

५० हजार डलर दान दिने योजना बनाएर आएका दम्पत्तीले माहौल र नेपाली समुदायको अभूतपूर्व सहभागिता देखेर थप १ लाख डलर दिने घोषणा गर्नुभएको थियो ।

यता पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा र सहयोगी जितेन गुरुङले समूहले लगभग १ लाख ३५ हजार डलर उठाएर सामूहिक सहयोग जुटाएका थिए । म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतका समूहले लगभग २ लाख ३० हजार डलर दान गर्नुभएको छ ।

त्यस्तै युवा व्यवसायी तथा सक्रिय समाजसेवीअपार श्रेष्ठ, रमेश भट्ट नेपाली छोरो लगायतको समूहले लगभग १ लाख २१ हजार डलर दान दिने प्रतिबद्धता गर्नुभएको छ ।  साथै यसरी बिभिन्न समूहबाट थुप्रै रकम दान गरेका छन् ।

संचार संयोजक श्रीजन ताम्राकारलेले सबैलाई बिशेष बिशेष धन्यवाद दिँदै बिस्तृत विवरण आधिकारिक रुपमा हिन्दु बुद्ध मन्दिरको पृष्ठबाट क्रमबद्ध रुपमा प्रकाशित गरिने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.