क्रिकेटखेल

आइपिएलमा लखनउको तेस्रो जित, गुजरात ३३ रनले पराजित    

भारतमा जारी इन्डियन सुपर लिग (आइपिएल)मा लखनउ सुपर जायन्टस्ले तेस्रो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ३३ रनले हराउँदै लखनउले तेस्रो जित हासिल गरेको हो ।

आइपिएल

जारी सिरिजमा गुजरातको भने यो तेस्रो हार हो । लखनउको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ३३ रन बनाए ।

त्यस्तै निकोलस पुरान ३२ रनमा अविजित रहँदा आयुष बाडोनीले २० रन जोडे । गुजरातका उमेर यादव र दर्शन नालकन्डेले समान दुई विकेट हात पारेका थिए । एक सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा एक सय ३० रनमा अलआउट भयो ।

गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३० र कप्तान शुभमन गीलले १९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । गुजरातको लागि यस ठाकुरले पाँच विकेट लिए भने क्रुनाल पाण्डेयले तीन विकेट लिए ।

जितसंगै लखनउ चार खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने पाँच खेलबाट चार अंक जोडेको गुजरात सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स नेपाली समय अनुसार राति ७:४५ बजे चेन्नईमा भिड्दै छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.