विश्व समाचार

ट्रम्पको आलोचनापछि डब्ल्यूएचओ प्रमुखको चेतावनी 'कोरोनालाई राजनीतिकीकरण नगर्नु'

अमेरिकामा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)माथि लगातार दुईदिन आक्रोशयुक्त आलोचना गरेपछि डब्लुएचओ प्रमुखले विश्वलाई एकताबद्ध हुन आह्वान गर्दै यसलाई राजनीतिकरण नगर्न आव्हान गर्नुभएको छ ।

डब्लुएचओ महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले बुधवार बोल्दै डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड १९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताउनुभएको हो । ट्रम्पले डब्ल्यूएचओ धेरै चीनकेन्द्रीत भएको आरोप लगाउँदै ट्रम्पले उनीहरूले महामारीविरूद्ध कामलाई फिका साबित गरिदिएको र योा निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताउनुभएको थियो ।

ट्रम्पले उक्त सङ्गठनले आफ्ना सही प्राथमिकता पहिल्याउन सक्नुपर्ने बताउँदै उसलाई आर्थिक सहायता दिइरहनेबारे एउटा अध्ययन गरेर निर्णय लिइने बताएपछि डा. टेड्रोसले भने ट्रम्पका ती भनाइहरू अस्वीकार्य रहेको बताउनुभएको छ ।

ट्रम्पलाई जवाफ दिएझैँ देखिने गरी गेहब्रेयससले सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड १९ राजनीतिलाई क्वारेन्टाइननमा राखौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.