जन सरोकार

अत्यावश्यक सामान भन्दै मदिरा ढुवानी

देशभर कोरोना संक्रमण रोक्न लकडाउन गरिएको छ र यो अवधिमा अत्यावश्यक सेवालाई भने आवतजावतको अनुमति दिइन्छ । तर यसको दुरुपयोग गर्नेहरु बढ्दै गएको पाइएको छ ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ ।

लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एक अटोले दुग्ध दुवानी सेवाको ब्यानर राखेर मदिरा ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो ।

त्यसैगरी स्कुटरबाट करीब ४० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button