कला/मनोरन्जनकलिउड

बहुप्रतिक्षित चलचित्र 'प्रेमगीत ३' का हिरो हिरोइनले गरे रक्तदान (फोटोहरुसहित)

वर्षकै बहुप्रतिक्षितत नेपाली चलचित्र प्रेमगीत ३ टोलीले बिहिबार रक्तदान गरेको छ । काठमाडौंमा रगत अभाव भएको समाचार बाहिरिएपछि चलचित्र टोलीले बिहिबार लकडाउनको समयमा पनि कलाकार टिमको उपस्थितिमा सामाजिक दुरी कायम राखी रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

ग्रीनसिटि अस्पतालको आतिथ्यतामा गरिएको रक्तदान कार्यक्रममा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन नायक प्रदीप खड्का मनिष राउत, पुष्प कार्की नायिका कृष्टिना गुरुङ गायक प्रताप दास गायिका प्रबिशा अधिकारी, संगीतकार एलिश कार्की, ग्रिनसिटि अस्पतालका डाक्टर, कर्मचारी, नेपाल प्रहरी र अन्य नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन प्रेमगीत ३ का कार्यकारी निर्माता एव सामाजिक अभियन्ता चक्रबहादुर चन्दले गरेका थिए भने ५० जनाको सहभागिता रहे पनि ३० पिन्ट रगत संकलन भएको थियो ।

स्मरणीय रहोस् कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै ‘प्रेमगीत–३’ टिमले केही समय अगाडि ११ हजार थान मास्क वितरण गरेको थियोे ।




प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.