राजनीति

सरकार गठनका विषयमा सभापति देउवाद्वारा तीन दलको बैठक आव्हान

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

भावी सरकारको नेतृत्वका लागि तयार भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनकै विषयमा छलफल गर्न तीन दलको बैठक बोलाउनुभएको छ । सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुबै दलको आधिकारिक धारणा माग्ने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद छन् ।

कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका छन् । सहमहामन्त्री डा। प्रकाशशरण महतले पनि तीन दल ओलीको विकल्प खोज्न तयार भए न्यायोचित विषय अगाडि बढाउन सकारात्मक रहेको बताउनु भएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । ‘जसपाले एकाध दिन समय माग्यो भने बेग्लै हो, नभए सरकार बनाउने वा नबनाउने टुंगो लगाउन चाहेको बताउँदै तीन दलबीच सहमति नहुने हो भने माओवाद सरकारलाई दिएको समर्थन फिर्ता लिएर आगाडि बढ्ने पनि बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.