विश्व समाचार

भारतमा कोरोना संक्रमणको नयाँ महामारी- एकैदिन एक लाख ३१ हजार संक्रमित

कोरोना भाइरसबिरुद्धको खोप उपादन गरी विश्वका विभिन्न देशमा निर्यात गरेर आफ्नै देशमा पनि व्यापक रुपमा खोप लगाइरहेको भारतमा केही दिनयता कोरोना संक्रमणले उग्ररुप लिएको छ । त्यहाँ दैनिक एक लाखभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै एक लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख २७ हजारमा संक्रमण पुष्टि भएको थियो ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button