कर्पोरेट/पर्यटन

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

होटल व्यवसायी महासङ्घ

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिनुभएको छ ।

सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहनुभएको छ ।

अध्यक्षबाट मनोनित हुने दुईसहित पाँच सदस्य पछि थपिने महासचिव लम्सालले बताउनुभयो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासङ्घ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो ।

महासङ्घमा गण्डकी प्रदेशका झन्डै आठ हजार होटल तथा रेष्टुराँ व्यवसायी सङ्गठित छन् । महाधिवेशनको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.