जापानमा कोरोना संक्रमितको संख्या पाँच हजार बढी- एकसय १७ जनाको मृत्यु
जापानमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजारभन्दा बढी पुगेको छ । बिहिबार मात्र ३ सय २० नयाँ संक्रमित भेटिएपछि संक्रमितहरुको संख्या ५ हजार २ सय ९२ पुगेको हो ।
संक्रमितरुमध्ये १४ जना चीनबाट उद्धार गरी ल्याइएका थिए भने केही विमानस्थलमा जाँचका क्रममा पत्ता लागेका थिए । त्यसो त यो संख्यामा डायमण्ड प्रिन्सेस क्रुज जहाजमा रहेका ७ सय १२ जनालाई सामेल गरिएको छैन । यो समेत जोड्दा जापानमा संक्रमितको संख्या ६ हजार बढी हुन्छ ।
यसबीचमा जापानमा १ सय १७ जनाको मृत्यु भएको छ, जसमध्ये क्रुजका यात्रुको सख्ंया ११ रहेको छ । त्यसै गरी १२ सय ७० जना उपचारपछि घर फर्केका छन् । यीमध्ये ६ सय ३२ जना जापानी र ६ सय ३८ जना क्रुजका यात्रु रहेका छन् ।
केही दिनयता राजधानी टोकियो तथा अन्य शहरहरुमा संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले टोकियो, ओशाका लगायत ७ प्रान्तमा संकटकालनि स्थिति घोषणा गरेको छ । अप्रिल ७ बुधबारदेखि संकटकाल घोषणा गर्दै सरकारले राहत प्याकेज समेत पारित गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्