व्यावसायिक कामकाज रोक्ने टोकियो महानगरको निर्णयलाई प्रधानमन्त्री आबेको स्वागत
प्रधानमन्त्री शिन्जो आबेले संकटकाल अवधिमा राजधानी टोकियो महानगरपालिका क्षेत्रका व्यवसायीलाई निश्चित अवधिका लागि व्यवासायिक काम रोक्न जनाएको सहमतिलाई स्वागत गर्नुभएको छ ।
महानगर प्रशासनले कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यले संकटकाल अवधिमा अस्थायी रुपले कामकाज रोक्न अनुरोध गर्ने भएको छ ।
प्रधानमन्त्री आबेले शुक्रबार पत्रकारहरुमाझ संक्रमण फैलन नदिन कानुन सम्मत हुने जुनसुकै कदम चाल्नुपर्ने बताउँदै केन्द्र र महानगर प्रशासन यथाशीघ्र कोरोना भाइरस संक्रमणको प्रकोप समाप्त हुने आम जनजीवन पुनः सामान्य हुने आशा रहेको बताउनुभएको छ ।
उहाँले आम नागरिकलाई सम्भव भएसम्म घरबाहिर निस्कन नहुने बताउँदै संकटकालपछि रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा मानिसको आवतजावत कम भएको जानकारी पनि दिनुभयो । यद्यपि अझै पनि कतिपय क्षेत्रमा अझै बढी प्रयास गर्नुपर्ने बाउँदै यसबाट आम नागरिकले असुविधाको सामना गर्नुपरे पनि यो नागरिककै जीवनरक्षाका लागि भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्