जन सरोकार

‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

दोलखाको विद्यालय भवन र दिपायलको पुस्तकालयका लागि अर्थ संकलन गर्ने उद्देश्यका साथ ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई सम्मान गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले बस्न्यातलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर गर्नुभएको हो ।

परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताउनुभयो । कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गर्नुभयो ।

हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने देवेन्द्रको प्रशंसा गर्नुभयो ।

सो अवसरमा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शङ्कर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र र संस्थाकी सचिव लता घिमिरेले आ–आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.