जल/वातावरण

शनिबार थपिए तीन सय ३७ जना संक्रमित, एकजनाको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा २८०० सय रहेको छ ।

सम्बन्धित खबर

Back to top button