जन सरोकार

अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीमा पक्राउ

अवैध रुपमा युरोप छिर्न खोजेको आरोपमा टर्की प्रहरीले इस्तानुलस्थित एक घरबाट ३७ जना नेपालीलाई पक्राउ गरेको टर्किस अनलाइन पत्रिका इन सन हाबरले जनाएको छ ।

टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा लिइएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि प्रहरी निगरानीमा राखिएको अनलाइनले उल्लेख गरेको छ ।

गत सोमबार पक्राउ परेका उनीहरु मध्यरातमा त्यहाँबाट ग्रिस छिर्ने तयारीमा थिए । समाचार अनुसार पक्राउ परेकामध्ये ३ जनालाई कागजपत्रका आधारमा छाडिएको थियो भने ३४ जना प्रहरी नियन्त्रणमै रहेका छन् ।

टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले यसबारेमा आफूहरुले खबर पाएको जनाएँदै अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले ४ देखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको पनि जानकारी दिनुभयो ।

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृत्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ । २५ कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु भएको थियो ।

अध्यक्ष घिसिङले संगठित मानव तस्करका विभिन्न एजेन्टहरुको भर परेर लाखौं खर्चेर जोखिमपूर्ण तरिकाले ग्रिस छिर्ने क्रममा नेपालीहरु जोखिममा पर्दै आएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.