नातीको विहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोनाबाट निधन
नातीको विहेका लागि गत फेब्रुअरी महिनाको २६ मा लण्डन जानुभएका बागलुङको नगरपालिका १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार बेलायतको लण्डन नर्थविक पार्क अस्पतालमा निधन भएको हो । मृतक कार्की भारतीय गोर्खा आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए ।
अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा सक्रिय उहाँ तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उहाँलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उहाँलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।
बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।
क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा छन् । अरु सबै नेपालमै छन् ।
प्रतिक्रिया राख्नुहोस्