राजनीति

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह

प्रकाशमान सिंह

प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आइतबार आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैं देश र जनताको हितमा काम गरेको स्मरणसमेत गर्नुभयो । जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उहाँको भनाइ थियो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button