जन सरोकार

भोज पकाइरहँदा क्लासिक बफे प्वाइन्टमा आगलागी

आइतबार दिउँसो काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा साँझ अचानक आगलागी भएको छ । आगलागीबाट करिब ४५ लाखको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

समयमै आगो नियन्त्रणमा लिइएकाले अन्यत्र भने क्षति हुन पाएन । पार्टी प्लालेससंगै जोडिएको उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीमा अतिरिक्त कक्षा संचालन भैरहेको थियो ।

आगलागी हुनासाथ विद्यार्थीहरुलाई तत्काल विद्यायबाट सडक पारी लगेर सुरक्षित राखिएको विद्यालयका संचालक सदस्य गीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगो अन्यत्र फैलिएको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.