राजनीति

सात दिनभित्र जवाफ दिन डा. कोइरालालाई पत्र

नेपालमा चुनाव प्रणाली अत्यन्त महंगो भएको र इमान्दार मान्छेले चुनावमा भाग लिनै नसक्ने धारणाहरु आइरहे पनि निर्वाचनन आयोगले चुनाव खर्चको सीमा भने निर्धारण गरेको छ । तर त्यो केवल देखाउन दाँत मात्र भएकोमा सबै स्पष्ट छन् ।

मुलुक स्थानीय तहको दोस्रो निर्वाचनको तयारीमाा रहेका बेला नेपाली काग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइरालाले २०७४ सालमा सम्पन्न संघीय संसदको निर्वाचनमा आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति दिनुभयो ।

निर्वाचन कति खर्चिलो छ भन्ने दृष्टान्त दिंदै डा. कोइरालाले भन्नुभएको थियो नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो ।

यति मात्र हैन कोइरालाले तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड चाहिने अवस्था छ ।

डा. कोइरालाको यही अभिव्यक्तिपछि निर्वाचन आयोगले उहाँसंग जवाफ मागेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोकेको र निर्वाचन आयोगसमक्ष उहाँले २१ लाख ७५ हजार खर्च भएको विवरण पेस गर्नुभएको थियो ।

सुरुमा बुझाएको विवरण खर्च सीमाभित्र रहेको तर अहिले आएर ६ करोड खर्च भएको बताएपछि निर्वाचन आयोगले कोइरालासँग गत निर्वाचनमा गरेको खर्चको यथार्थ जानकारीसहित ७ दिनभित्र जवाफ मागेको छ ।

निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो । सात) दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button