जापान

जापानद्वारा भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालको विकास साझेदार मुलुक जापानले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सामुदायिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अनुदान सहायता अन्तर्गतको सो सहायता नेपालका लागि जापानी राजदूत किकुता युताकाको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बोल्दै राजदूत किकुताले परियोजनामा ​​संलग्न सबैको प्रयासलाई बधाई तथा प्रशंसा गर्नुहुँदै अब मधुमेह, स्तन क्यान्सर र थाइरोइड डिसफंक्शनको प्रारम्भिक पहिचान महत्त्वपूर्ण भएकोमा जोड दिनुभयो ।

यो परियोजनाले यी रोगहरूको प्रारम्भिक पहिचान गर्न सक्षम हुने र व्यक्ति, परिवार र अन्ततः सम्पूर्ण समुदायको लागि राम्रो स्वास्थ्य र जीवनको गुणस्तरमा योगदान पुर्‍याउनेमा उहाँको विश्वास छ ।

उहाँले यस परियोजनाको नतिजाले स्थानीय स्वास्थ्य सेवाको विकासमा मात्र नभई समग्र समुदायको विकासमा योगदान पुर्याउँदै जापान र नेपालका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

श्रमिक महिला तथा बाल कल्याण परिषद् (LWCWC)द्वारा सञ्चालित उपत्यका स्वास्थ्य केन्द्रमा स्तन क्यान्सर परीक्षण, थाइराइड परीक्षण र मधुमेह परीक्षणका लागि मेडिकल उपकरण जडान गर्न लगभग ८ करोड ९० लाख रुपैयाँको लागतमा जडान गरिएका उपकरण हस्तान्तरण गरिएको हो ।

१९९६ मा स्थापना भएदेखि बाल कल्याण परिषद्ले निःशुल्क जन्म सहायता र आधारभूत औषधिहरू उपलब्ध गराएर ग्रामीण क्षेत्रमा मातृ र बाल स्वास्थ्य सेवामा ध्यान केन्द्रित गरेको छ ।

त्यस्तै यस केन्द्रका डाक्टर र नर्सहरू नियमित रूपमा वरपरका समुदायहरूमा परामर्श प्रदान गर्न र आधारभूत स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउनको लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसअघि केन्द्रमा पहिले आवश्यक चिकित्सा उपकरणको अभावको कारण स्तन क्यान्सर, थाइराइड रोग र मधुमेहको लागि परीक्षण गर्न असमर्थ थियो । यस परियोजनापछि केन्द्र यी रोगको नियमित रूपमा र सही समयमा उपचार गर्न सक्छ।

सामुदायिक सामाजिक(आर्थिक विकासका लागि तल्लो तहका मानिसहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित हुने परियोजनाहरू कार्यान्वयन गर्न जीजीपी स्थापना गरिएको हो । सन् १९९१ देखि नेपालमा २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.