जन सरोकार

भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी, छजना घाइते

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो ।

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन् ।

घाइते सबै जनालाई उद्धार गरी अहिले रन्मा गाउँमा ल्याइपु¥याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । उनीहरुलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उहाँले बताउनुभयो ।

“हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ । अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगङ्गा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मा गाउँ पुगिसकेको छ”, उहाँले भन्नुभयो ।

अहिले जङ्गलमा आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउमा गएको छ । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.