राजनीति

हरिद्वारमा हिन्दीमा प्रश्न र पूर्व राजाको नेपालीमा रोचक उत्तर (सम्बोधनको पूर्णपाठसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको मौलिक धर्म, संस्कृतिमाथि बाह्य दवाव, प्रभाव र प्रलोभन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार भारतको हरिद्वारमा सुरु भएको कुम्भ मेलामा सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

त्यस क्रममा उहाँले हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डो¥याउने खालको भएकाले हामी संवदेनशील हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्– तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैंमा गहन छन्’ । नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन् ।’

लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको विषय जोड दिएको उल्लेख गर्दै ज्ञानेन्द्रले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

हरिद्वारको स्वागत कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले त्यहाँका पत्रकारहरुले हिन्दी भाषामा सोधेको प्रश्नको नेपाली भाषामा उत्तर दिंदै आफू नेपाल, नेपाली जनताको शुभकामना लिएर नेपालको राम्रो हो भन्ने आशीर्वाद लिन आएको बताउनुभएको थियो ।

कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा पूर्वराजा शाहले मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँहरु सोमबारको मौनी अमावश्यामा गिरिसँगै शाही स्नानमा सहभागी हुनुभयो ।

सम्बोधनको पूर्णपाठ

विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक – यहां पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू, म सबै सबैलाई नमन गर्दछू, दुई कर जोडी बन्दन गर्दछु ।

गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहांहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहांहरूको श्रद्धायूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहांहरू सबैप्रति साधुवाद ।

हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मुताविक मैले सुने बुझे अनुसार कुम्भघडा अमृत तत्वले भरिपूर्ण घडा हो । सत्य युगमा समुन्द्र मन्थनबाट उत्पन्न अमृतका ३८घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए, ति घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोहि परम्परा अनुरुप हरेक बाह्र बर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ठ महत्व रहन गएको देखिन्छ ।

अमृतका तिनै कुम्भ घडाहरूबाट थोपा थोपा गरि विभिन्न नद नदिमा प्रभाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पूजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढंंगले बुझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मूक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ ।

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड ( हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ ) हजारौं वर्ष अघि देखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।

हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन् ( तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशिलन आफैमा गहन छन् ।

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन् । जसले सदैव ( सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बुझ्दछन् कुन्नि, तर सारभूतरूपमा भन्नुपर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई डो¥याउंद छन् ।

सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ। बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो ।

अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नु छ । भगवान रामले भन्नु भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्धुक्तिको ख्याल हामीले राख्नै पर्दछ ।

यिनै प्रयोजन हेतु यो महाकुम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान, विदुषि, सन्त महात्माहरूको ध्यान पुगोस् – यही अवधारणा छ मेरो – फेरि पनि सबैमा साधुवाद । धन्यवाद !

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.