जल/वातावरण

फैलदो कोरोनाको पञ्जा, आठजनाको मृत्यु, पाँच सय ५९ संक्रमित

नेपालमा कोरोनाको नयाँ प्रजाति फैलिएकाले सचेत रहन विज्ञहरुले सुझाव दिइरहेका बेला घटनाक्रमले त्यसलाई थप चुनौतिपूर्ण बनाइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण आठजनाको मृत्यु भएको छ भने ५ सय ५९ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।

मुलुकभर ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा पहिलेकोभन्दा कडाखालको भाइरस, अरुलाई सार्ने क्षमता अत्यधिक

सम्बन्धित खबर

Back to top button