राजनीति

आफ्नै मौलिक प्रकारको विकासको ‘मोडेल’ अपनाउन प्रचण्डको सुझाव

पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमण्डलीकरण र यान्त्रिकरणको युगमा हामीले आफ्नै मौलिक प्रकारको विकासको मोडेल अपनाउन सुझाव दिनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो सुझाव दिनुभएको हो ।

त्यस क्रममा उहाँले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेकाले विकास निर्माणका समावेशी र समानुपातिक तवरले बनाएर उनीहरुलाई जवाफ दिनुपर्ने बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरूअहिले पनि रहेको बताउँदै सो धारणा राख्नुभएको हो

त्यस क्रममा उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्ने गरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button