राजनीति

तालमेल नभए उम्मेदवारीका लागि केन्द्रको स्वीकृति अनिवार्य

नेकपा माओवादी केन्द्रले स्थानीइ तह निर्वाचनमा गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल नभएर उनीहरुसंगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पार्टी केन्द्रको अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ ।

माओवादीले त्यस्तो अवस्थामा पनि गठबन्धन दलका बीचमा स्वस्थ्य प्रतिस्पर्धा मात्रै गर्न पाउने व्यवस्था गरिएको छ ।

सत्तागठबन्धन आवद्ध दलका शीर्ष नेताको सोमबारको बैठकले स्थान र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाका साथ अगाडि बढ्ने निर्णय गरिसकेको छ ।

निर्वाचन आयोगको सिफारिशमा सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ ।

माओवादीले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम निक्र्योल केन्द्रले नै गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आवद्ध दलको सहमति र सहकार्यका आधारमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले नै तय माओवादीको परिपत्रमा उल्लेख छ । देशभर विभिन्न ६ वटा महानगर छन् ।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिले सर्वसम्मतका आधारमा एक –एक जना, सर्र्वसम्मत नभए प्राथमिकता आधारमा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्न भनिएको छ ।

माओवादीले विशेष परिस्थितिबाहेक विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने, देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएकालाई उम्मेदवार बनाउने निर्णय छ ।

त्यस्तै, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोट गर्नुपर्ने, पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने एवं समानुपातिक समावेशी प्रतिनिधित्वलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.