जल/वातावरण

कोभिसिल्डको डोज पूरा गरेका चिकित्सकलाई भयो कोरोना संक्रमण

नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको र यो भाइरसबिरुद्ध खोपको प्रभावकारितामाथि विभिन्न टीका टिप्पणी भैरहेका बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण भएको छ । उहाँले कोरोनाबिरुद्धको खोप कोभिसिल्डको दुबै मात्रा पूरा गर्नुभएको थियो ।



उहाँलाई आइतबार कोरोना संक्रमणको पुष्टि भएपछि नयाँ अनुसन्धान सुरु भएको छ र खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना सम्भवतः नेपालमा यो पहिलो भएको जनाइएको छ । डा. साहले उनले माघ १४ गते पहिलो र चैत १७ गते दोस्रो डोज खोप लगाउनुभएको थियो । उहाँसंगै प्रतिष्ठानका १ हजार ७ सय ३३ जनाले खोपको दोस्रो डोज लिएका थिए ।

डा. साहले खोपको डोज पूरा गरे पनि विराटनगरमा रहेका संक्रमित छोराको सम्पर्कमा आएपछि आफूलाई पनि संक्रमण भएको बताउँदै भन्नुभयो ‘संक्रमित छोराको सम्पर्कमा आएपछि मैले धरान आएर हाम्रै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको पीसीआर ल्याबमा परीक्षण गर्दा मलाई पनि कोरोना पोजिटिभ देखियो । अहिले म नेपाल सरकारबाट जारी भएको निर्देशिकाबमोजिम सतर्कता अपनाउँदै होम क्वारेन्टाइनमा बसेको छु ।’

डा. साहमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण देखिएको छैन । त्यस्तै धरानमा बसेका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । डा. साहले आफूलाई कोभिसिल्ड खोपको डोज पूरा गरे पनि कोरोना संक्रमण देखिएकाबारे थप शंका नगर्न आग्रह गर्दै भन्नुभयो ‘कोभिसिल्ड खोप प्रभावकारी नै छ, डोज पूरा गरे पनि संक्रमण त हुन सक्छ तर स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छैन ।

सम्बन्धित खबर

Back to top button