राजनीति

एउटा विग्रेकोमा अर्को खुसी हुने बेला हैन, समस्या सबैको साझा हो : पूर्व राजा

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नयाँ वर्ष २०७८ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिंदै एकता नै हाम्रो बल भएकाले फुटेर हैन शक्ति संरक्षण गर्न जुट्न र एकताबद्ध रहन आव्हान गर्नुभएको ।

सन्देशमा उहाँले भन्नुभएको छ– “हरेक तिथि, बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावतः हरेक नयाँ वषमा सुख, समुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् । कालखण्डमा यस्तो हुनुहुन्न र नेपाली जनताको आकांक्षा पूरा हुँदै जानुपर्दछ भन्ने हाम्रो कामना हो ।”

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्दछ भन्ने पूर्व महाराजाधिराजले यसका निम्ति आपपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त हुनुपर्छ अनि समन्वय, सामञ्जय पनि रहनुपर्दछ भन्नुभएको छ ।

हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार–सुसार गर्नु र सजाउनुछ भन्दै उहाँले यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विपना संकोच मिलेर जानुपर्ने बताउनुभएको छ ।

उहाँले मुलुकमा बढिरहेको समस्याहरु प्रति संकेत गर्दै अनावश्यक प्रकृतिको आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिभरता त्याग्दै जानुपर्ने आवश्यकता औंल्याउँदै टाठाबाठा मात्र सुखी, सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्वसाधराणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्न सझाव दिनुभएको छ ।

देश विकासका लागि पहाडका गाउँगाउँमा आधुनिकताको लहर विस्तार गर्न, तराईका फाँटहरुलाई झुलाउन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन बढाउँदै जडिबुटी उद्योग खोली देशलाई आफ्नै स्रोत शक्तिबाट धनधान्यपूर्ण पार्न आव्हान गर्दै नयाँ वर्षले सबैको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् भन्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button