विश्व समाचार

विश्व स्वास्थ्य संगठनमाथि गम्भीर आरोप लगाउँदै ट्रम्पद्वारा आर्थिक सहयोग रोक्का

कोरोना भाइरस संक्रमणले संसारमै सबभन्दा बढी आक्रान्त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको दोष विश्व स्वास्थ्य संगडन (डब्लुएचओ)लाई दिंदै आर्थिक सहयोग रोक्न निर्देशन दिनुभएको छ । अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो ।

गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो । यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो ।

ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो आधारभूत कर्तव्य पूरा गर्न चुकेको र चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाउनुभएको छ ।

मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो व्यवस्थापनको समीक्षा गरिने बताउँदै आफ्नो मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको बताउनुभएको हो ।

हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो । त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.