जल/वातावरण

कोरोना संक्रमणबाट बालबालिका बढी प्रभावित- थपिनेमध्ये दशप्रतिशत बालबालिका

नेपालमा केही दिनयता कोरोना संक्रमितको सख्या बढ्दै जाँदा सुरक्षाका उपायहरुका बारेमा अनेक बहस चलिरहेका छन् । चिन्ताको विषय के छ भने यसै गरी सबै खुला छाड्ने हो भने संक्रमण नियन्त्रण गर्नै नसकिने गरी फैलने विज्ञहरुले चेतावनी दिन थालेका छन् । यसको कारण भनेको विद्यालय तहका बालबालिका बढी संक्रमित हुनु हो ।

केही दिनयता थपिएका संक्रमितमध्ये लगभग १० प्रतिशत बालबालिका रहेका कारण विज्ञहरुले संक्रमणदर धेरै भएका स्थानहरुमा तत्काल विद्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकार कुनै हालतमा लकडाउन नगर्ने पक्षमा रहेको बताए पनि महामारी रोक्न समयमै प्रभावकारी कदम चाल्नु स्वास्थ्य मन्त्रालयले समेत सुझाव दिइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ । कोरोना भाइरसको उच्च संक्रमण दर देखिएका ठाउँमा तत्काल विद्यालय बन्द नगरे भयावह स्थिति सिर्जना हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको नयाँ भेरिएन्ट ९प्रजाति० ले समेत यो वर्ग व्यापक रूपमा प्रभावित हुन थालेकोर नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदर समेत बढी गराउने गरी देखिएको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा। आरपी बिच्छा यो उच्च सतर्कता अपनाउनुपर्ने समय भएकाले जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्ने र केही दिनयता अवस्था खराब हुँदै गएको छ बताउनुहुन्छ

उहाँका अनुसार कोरोना संक्रमण फेरि तीव्र विस्तार भइरहँदा बालबालिकाहरू गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेका छन् । कोरोनाको पहिलो लहरमा उनीहरूमा कम प्रभाव देखिएको थियो । लकडाउनका कारण बालबालिका घरमै बस्नु, सामाजिक रूपमा बढी घुलमिल नहुनु र शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहनुले संक्रमण भयावह हुन नपाएको उहाँको भनाइ छ ।

तर, ‘केही महिनादेखि विद्यालय सञ्चालनमा छन् । पहिलेको दाँजोमा बढी संक्रामक र मृत्यु गराउन सक्ने भाइरसको नयाँ भेरिएन्ट आउँदा बालबालिका बढी प्रभावित हुन थालेका हुन् छन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसी हाल बालबालिकाबाट संक्रमणको विस्तार भइरहेको दाबी गर्दै सरकार तुरुन्त ‘एक्सन’ मा गएर विद्यालयमा पठनपाठन रोक्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘विद्यालय सञ्चालकहरूले मात्र बन्द गर्न हुन्न भन्नु हुन्छ । जनस्वास्थ्यको दृष्टिले संक्रमणको चक्र तोड्न ९चेन ब्रेक० विद्यालय बन्द गर्नु नै पर्छ । यो रोग अत्यधिक फैलिएपछि विद्यालय बन्द गर्नुको कुनै अर्थ रहँदैन ।’

जस्तोसुकै प्रयास गरिए पनि विद्यालयमा बालबालिकालाई पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गराउन सहज नहुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी । संक्रमण उच्च भएको ठाउँमा विद्यालय बन्द गर्नुपर्ने पक्षमा मन्त्रालयसमेत रहेको उनले जनाउनुहुन्छ ।

सम्बन्धित खबर

Back to top button