अर्थ

अमेरिकाले एमसीसी बाहेक थप ८० अर्ब अनुदान दिने

संयुक्त राज्य अमेरिकाले नेपालका विविभन्न परियोजनाका लागि ८० अर्ब रुपैयाँ बराबको अनदान दिने र सो अनुदान सरकारले स्वीकार गर्ने निर्णय गरेको छ । सो अनुदान एमसीसी बाहेकको हो ।

सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) मार्फत विभिन्न विकास कार्यक्रमको ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

त्यसै गरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।

यसै गरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अद्र्ध जलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जान्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.