अर्थ

बजारमा सुनको मौज्दात सकियो, विवाहको याममा तयारी गहनाको भर

सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपाली बजारमा विवाहको मौसममा काँचो सुनको मौज्दात सकिएको छ । अब आफूले चाहे जस्तो र चाहेको मात्राको सुनको गहना बनाउन नपाइने भएको छ ।

सुन

चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालोपालो कोटाको सुन आयात गर्ने गरेका थिए ।

बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ । बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

बजारमा काँचो सुनको मौज्दात सकिएपछि विवाहको यो याममा कि तयारी गहना खरीद गर्नुपर्ने कि त आफूसंग भएका पुराना गहनालाई गलाएर नयाँ बनाउनुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.