राजनीति

मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद कुँवरको राजीनामा

गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश मन्त्रिमण्डलमा हेरफेर हुँदा मन्त्रीको चाहना राख्नुभएका कुँवरले सो अवसर नपाएपछि राजीनामा दिनुभएको बताइएको छ ।

२०७९ सालमा सम्पन्न चुनावमा बागलुङ–२ (ख) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै आज वैशाख २ गते बुधबारदेखि लागू हुने गरी आफुले राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।

राजीनामा पत्रमा उहाँले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गर्नुभएको छ । कुँवरले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताउनुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट जीत शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ ।

यसै गरी नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा भीम कार्की नियुक्त हुनुभएको छ । उहाँरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नै शपथग्रहण गराइसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.