विश्व समाचार
अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो- बिहिबार नयाँ मार्गनिर्देशन आउने
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा बुधबार साँझसम्म मृत्यु हुनेको संंख्या ३१ हजारको हाराहारीमा पुगेको छ भने ६ लाख ३६ हजार संक्रमित रहेका छन् । अमेरिकामा बुधबार मात्रै २३ सय जनाको ज्यान गएको छ ।
अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, लुइसियाना, न्यू जर्सी, म्यासाचुसेट्स र मिशिगन भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यहरू हुन् । रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकामा प्रतिदिन २५ हजार नयाँ संक्रमित भेटिने गरेका छन्। यसअघि यो दर त्यहाँ ३५ हजार प्रतिदिनसम्म पुगेको थियो ।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी आफ्नो उच्चतम बिन्दुमा पुगिसकेको र त्यसमा सुधार आउन थालेको बताएका छन् । ट्रम्पले बिहीबार कोरोना भाइरस सम्बन्धी नयाँ मार्गनिर्देशनहरू जारी गरिने बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्