प्रबास

न्यूर्योकमा अस्पतालले उपचार नगरेपछि घरमै बिते कोरोनाबाट मल्ल

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण भएको अमेरिकामा एक नेपाली कोरोनाको उपचार नपाएरै मृत्युवरण गर्नुपरेको छ । समाचार अनुसार तीन सातादेखि कोरोना संक्रमण भएका पवनकुमार मल्लको बुधवार बिहान आफ्नै घरमा मृत्यु भएको हो ।

न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय मल्ल कोरोना भाइरसका कारण बिरामी परेपछि उपचारका लागि केही दिन पहिले अस्पताल पुगे पनि अस्पतालले ठाउँ नभएको भन्दै भर्ना लिन नमानेपछि उपचार नपाएर मृत्यु भएको हो ।

नेपाल प्रहरीमा असई समेत रहेका सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउनु हुन्थ्यो । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् ।

यो समेत हालसम्म अमेरिकामा सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भैसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित खबर

Back to top button