जल/वातावरण

संक्रमण भएका विद्यालय बन्द गर्ने, अन्य विद्यालयमा सुरक्षा मापदण्ड कायम गर्नुपर्ने

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई विद्यालय नपठाउन र भीडभाडमा नजान अपील गरेसंगै काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालयहरु बन्द गरी अनलाइनबाट पठनपाठन गर्न र अन्य विद्यालयहरुमा सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गर्न निर्देशन दिएको छ ।

कामपामा आशा गरेजस्तो काम नभएको काँग्रेसको आरोप

महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न सूचना जारी गर्दै कुनै विद्यालयका शिक्षक तथा विद्यार्थी संक्रमित भएको पाइएमा विद्यालयहरु अर्को सूचना जारी नभएसम्म एक साताका लागि विद्यालय बन्द गरी वैकल्पिक माध्यामबाट शिक्षण सिकाइ गराउन अनुरोध गरेको छ ।



अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड १९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।

सम्बन्धित खबर

Back to top button