राजनीति

प्रधानमन्त्री र ‘रअ’बीच सहमति भन्दै समाचार दिने अनलाइनहरु कारबाहीमा

दुई दिनयता केही अनलाइनहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’का बीच भएको सहमति भन्दै आएको समाचारप्रति प्रेस काउन्सिल नेपालले त्यस्तो समाचार छाप्ने अनलाइनहरुलाई कारबाही गरेको छ ।

काउन्सिलले आधा दर्जनभन्दा बढी नाम चलेका अनलाइनहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ भने केहीको समाचार नेपालमा प्रतिबन्ध गर्न दूरसंचार प्राधिकरणमा पत्राचार गरेको छ ।

काउन्सिलले शुक्रबार एक विपज्ञप्ति जारी गरी ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टको हवाला दिंदै ‘रअ र प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति…” भनी समाचार दिएर सनसनीखेज बनाउने उद्देश्यले दिइएको समाचार जनमानसमा भ्रम पार्ने मात्र हैन सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनता विपरीत समेत रहेको बताएको छ ।

विज्ञप्तिमा सामाजिक सद्भावमा खलल पुग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध एवं भाइचाराको सम्बन्धमाा गम्भीर असर पुग्ने गरी भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिलको अनुगमनबाट देपखिइकाले ती संचार माध्यमहरुलाई पत्रकार आचारसंहिता २०७३ को दफा ४(२), ४(६) र ५(१) उल्लंघन भएको भन्दै कारबाही अघि बढाइएको छ ।

सो समाचार सम्प्रेषण गर्ने दुई अनलाइनलाई नेपालभित्र समाचार सम्प्रेषण हुन नसक्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको छ भने बाँकी अनलाइनहरुलाई २४ घण्टे प्रष्टिकरण सोधिएको छ ।

त्यो समाचार पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बुझ्न कुनै कठिन छैन र यसको कारण स्वयं राजनीतिक दलहरु नै हुन् । दलहरुले पत्रकारहरुलाई आफ्नो भातृ संगठनमार्फत परिचालन गर्ने र पत्रकारहरु पनि दलीय आस्था हुँदा गुटगत हितमा समाचार सम्प्रेषणमा लाग्दाको परिणामको एउटा नतिजा यो समाचार पनि हो ।

सम्बन्धित खबर

Back to top button