जन सरोकार

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

रौतहट, गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रूपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गास्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.