जन सरोकार
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ, विराटनगर महानगरपालिका-१४ स्थित सडकमा को.२ त ५५४६ नम्बरको ट्याक्टरले को.२६ प ९८५१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी अस्पतालमा विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्