जल/वातावरण

बेलायतबाट आएका दुईजनामा कोभिड-१९ पोजेटिभ, थप परीक्षणका लागि काठमाडौं पठाइयो

बेलायतबाट आएका दुईजनाको परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ । भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो ।

चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ । उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन् ।

अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन् । जसमा एक महिला र एक पुरुष छन् । आइसोलेसनमा रहेका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनीहरूसँगै आइसोलेसनमा बसेका परिवारका अर्का सदस्यको भने नतिजा नेगेटिभ आएको छ । उनलाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.