जल/वातावरण

शुक्रबार एकैदिन थपिए १४ जना कोरोना भाइरस संक्रमित

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार भेटिएकामध्ये १२ जना उदयपुरको एक मस्जिदमा लुकेर बसेका भारतीय छन् भने दुईजना बेलायतबाट चितवन आएका रहेका छन् ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरूमा संक्रमण भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

उनीहरु नयाँ दिल्लीको जमातीमा सहभागी भएर नेपाल आएको स्रोतको दावी छ । भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुले भने सप्तरीमा भएको भेलामा सहभागी हुन आफूहरु आएको बयान दिएका छन् । तर, स्थानीयले भने उनीहरु केही दिनपहिला मात्र सो मस्जिदमा आएर बसेको जानकारी दिएका छन् ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । १६ जनामध्ये १२ जना भारतीय रहेको र बाँकीको निगरानी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.